बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्रीको चरम लापरवाही देखियो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा थापाले ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरवाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो ।’ उनले मन्त्री ज्वालाले गरेको यो लापरबाही छानबिन समितिले हेर्छ कि हेर्दैन भन्दै प्रश्न गरेका छन् ।
बैठकमा थापाले रोजगार अनुमति प्रणालीमा देखिएको समस्याबारे श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री कार्यालय पनि चुकेको बताएका छन्।
साउनदेखि देखिएको इपिएसको समस्या सम्बोधन नगरेर श्रम मन्त्री शरदसिंह भण्डारीले र यो विषयमा एकपटक पनि छलफल नगरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गम्भीर लापारबाही गरेको उनले बताए।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया