बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्रीको चरम लापरवाही देखियो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा थापाले ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरवाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो ।’ उनले मन्त्री ज्वालाले गरेको यो लापरबाही छानबिन समितिले हेर्छ कि हेर्दैन भन्दै प्रश्न गरेका छन् ।
बैठकमा थापाले रोजगार अनुमति प्रणालीमा देखिएको समस्याबारे श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री कार्यालय पनि चुकेको बताएका छन्।
साउनदेखि देखिएको इपिएसको समस्या सम्बोधन नगरेर श्रम मन्त्री शरदसिंह भण्डारीले र यो विषयमा एकपटक पनि छलफल नगरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गम्भीर लापारबाही गरेको उनले बताए।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया