मेसीको सम्मानमा ‘१० नम्बर जर्सी रिटायर्ड’

एजेन्सी । अर्जेन्टिनी फुटबल महासंघले लियोनल मेसीको सम्मानमा १० नम्बरको जर्सी अन्य खेलाडीले प्रयोग गर्न नपाउने निर्णय गरेको छ । मेसीले फुटबलबाट सन्न्यास लिएको घोषणा गरेको दिनदेखि नै लागू हुने महासंघले जनाएको छ । महासंघले यसलाई ‘१० नम्बर जर्सी रिटायर्ड’ भनेको छ । अर्जेन्टिनी फुटबल महासंघका अध्यक्ष क्लाउडियोले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएको र वर्तमान समयकै उत्कृष्ट खेलाडीको सम्मानमै उनले लगाउने गरेको १० नम्बर जर्सीलाई रिटायर्ड दिन लागेको बताएका छन् ।
‘हामीले अब अर्जेन्टिनी राष्ट्रिय टोलीको १० नम्बरको जर्सीले कसैले प्रयोग गर्न नपाउने निर्णय गरेका छौँ, यो एक किसिमको सम्मान हो,’ ग्लाउडियोले भने, ‘मेसीले फुटबलबाट सन्न्यास लिएको घोषणा गरेको दिनबाट लागू हुनेछ ।’ गत वर्ष कतारको दोहामा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनाले तीन दशकपछि विश्वकप उपाधि उचालेको थियो । सो विश्वकपमा मेसीले प्रेरणादायी खेल प्रदर्शन गरेका थिए । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको हो ।
अर्जेन्टिनी फुटबल महासंघले सन् १९८६ मा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका डिएगो म्याराडोनाले प्रयोग गरेका १० नम्बर जर्सी पनि अन्य खेलाडीलाई प्रयोग गर्न नपाउने भनेको थियो । तर, महासंघले यो निर्णय लागू गर्न सकेन । ‘यसअघि पनि १० नम्बर जर्सीलाई रिटायर्ड दिने भनिएको थियो, त्यसवेला विविध कारणवश निर्णयलाई कार्यन्वयन गर्न हामीले सकेनौँ,’ अध्यक्ष क्लाउडियोले भने, ‘यसपटक हामी हाम्रो निर्णय कार्यान्वयन गर्नेछौँ, मेसीको जर्सीलाई संग्रहालयमा राख्छौँ ।’
अक्सर फुटबलमा १० नम्बरको जर्सी लगाउने खेलाडी टोलीकै उत्कृष्ट खेलाडीका रूपमा हेरिने गर्छ । अर्जेन्टिनामा जुआन रोमान रिक्वेल्मे तथा रिकार्डो बोचिनीले पनि १० नम्बरकै जर्सी लगाएका थिए । यी दुवै खेलाडी अर्जेन्टिनी राष्ट्रिय टोलीका महान् खेलाडीका रूपमा हेरिने गरेको छ ।
नयाँ पत्रिका दैनिकबाट
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया