NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ५ गते

राष्ट्रियसभा निर्वाचनका मतदाताको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका मतदाताहरूको अन्तिम नामावली प्रकाशन आज हुने भएको छ । आगामी माघ ११ गते राष्ट्रियसभाका रिक्त पदहरूमा निर्वाचन गर्ने तय गरेको निर्वाचन आयोगले आइतबार अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

मतदाता नामावलीमा भएका त्रुटि सच्याउन तथा मतदाताविरुद्ध उजुरी दिन निर्वाचन आयोगले शनिबार मौका दिएको थियो । उक्त प्रक्रिया पूरा भएसँगै आयोगले अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

अन्तिम मतदाता नामावली प्रकाशनपछि उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी दर्ताको कार्यक्रम भोलि सोमबारका लागि तय छ ।

राष्ट्रियसभाको २१ सिट रिक्त हुँदैछन् । तीमध्ये २० सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । १ सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

सत्तासाझेदार दलले सहकार्य गरेर राष्ट्रियसभा निर्वाचनमा भाग लिने मनस्थिति बनाएका छन् । तर अहिलेसम्म उनीहरूबीच ठोस सहमति भएको छैन । सत्तागठबन्धन दलभित्रै भागबण्डा नमिलेकाले दलहरूभित्र कसलाई उम्मेदवार बनाउने भन्ने विषयले अझै प्रवेश पाउन सकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष