NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २९ गते

ब्रिटिस काउन्सिलले ६५ औं वार्षिकोत्सब मनाउँदै

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आफ्नो मूख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५ औं वर्ष स्मरण गर्ने भएको छ । बेलायत नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सवमा आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्दछ ।

नेपालका लागि बेलायती राजदूत महामहीम रब फेनले यस अवसरलाई कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता यक्त गरे । महामहीम राजदूत रब फेनले भने, ‘बेलायत र  नेपालबीचको सम्बन्ध चीरस्थाई रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकहिरुबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुध्रिढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’

त्यसैगरि बेलायतका लागि नेपाली राजदूत महामहीम ज्ञानचन्द्र आचार्यले ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्ने र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्ने बताए ।

‘दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरुबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुधिढ बनाउन सघाउँदछ ।’ उनले भने ।

बेलायत र नेपाल बीच कूटनैतिक सम्वन्धको एक अशंका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक, शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरिन् ।  ‘विगतका ६ दशकहरुमा हामीले थुप्रै व्यक्तित्व र संघसंस्थाहरुसँग मिलेर लाखोंबीच पुग्न सकेका छौं ।’ उनले भनिन् । ब्रिटिस काउन्सिल शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोड्न सफल भएकोसमेत उनले जोड दिइन् ।

लण्डन मूख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टाएको छ । विगतका ६५ बर्षहरुमा ब्रिटिस काउन्सिल नेपालले साझेदारीहरुलाई अभिबृद्धि गर्दै, सहकार्यलाई सहजिकरण गर्दै विभिन्न कार्यक्रमहरु मार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ ।  प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ २० १ जेक्यू, बेलायतमा सर्बसाधारणका लागि १ एप्रल, २०२४ सम्म खुला रहनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष