NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

सत्तासाझेदार दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तागठबन्धनमा आबद्ध दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले बिहान ११ बजे सत्तासाझेदार दलका नेताहरू छलफलमा बस्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, समसामयिक राजनीतिलगायत एजेण्डामा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बस्न लागेको जनाएको छ ।

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ । जसमा सत्तागठबन्धन दल मिलेर भाग लिँदैछन् । सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउनेसम्बन्धमा आजको बैठकमा छलफल गर्ने बताइएको छ ।

त्यस्तै, टिआरसी विधेयकबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ । संसदले आगामी अधिवेशनबाट उक्त विधेयक टुंगो लगाउने तयारी गरे पनि केही विषयमा अझै सहमति जुट्न सकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष