सत्तासाझेदार दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । सत्तागठबन्धनमा आबद्ध दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले बिहान ११ बजे सत्तासाझेदार दलका नेताहरू छलफलमा बस्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, समसामयिक राजनीतिलगायत एजेण्डामा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बस्न लागेको जनाएको छ ।
राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ । जसमा सत्तागठबन्धन दल मिलेर भाग लिँदैछन् । सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउनेसम्बन्धमा आजको बैठकमा छलफल गर्ने बताइएको छ ।
त्यस्तै, टिआरसी विधेयकबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ । संसदले आगामी अधिवेशनबाट उक्त विधेयक टुंगो लगाउने तयारी गरे पनि केही विषयमा अझै सहमति जुट्न सकेको छैन ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया