पोखरा विश्वविद्यालयका सहायक प्रशासक बर्खास्त
काठमाडौं । पोखरा विश्वविद्यालयले सहायक प्रशासक बर्खास्त गरेको छ । आचरणविपरीतको कार्य गरेपछि विश्वविद्यालयका सहायक प्रशासक यज्ञराज जोशी बर्खास्तगीमा परेका हुन् ।
विश्वविद्यालयको शिक्षक/कर्मचारीसम्बन्धी नियमावलीबमोजिमको आचरण पालना नगरेकाले गत पुस २९ को निर्णयानुसार जोशीलाई सेवाबाट हटाइएको विश्वविद्यालयले जनाएको छ ।
पोखरा विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ को परिच्छेद १० को नियम ६५ खण्ड (ख) १ मा शिक्षक तथा कर्मचारीले आचरणविपरीतको कार्य गरेमा सेवाबाट हटाउन सक्ने प्रावधान छ । विश्वविद्यालयले सोही प्रावधानमा टेकेर जोशीलाई बर्खास्त गरेको हो ।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया