पोखरा विश्वविद्यालयका सहायक प्रशासक बर्खास्त
काठमाडौं । पोखरा विश्वविद्यालयले सहायक प्रशासक बर्खास्त गरेको छ । आचरणविपरीतको कार्य गरेपछि विश्वविद्यालयका सहायक प्रशासक यज्ञराज जोशी बर्खास्तगीमा परेका हुन् ।
विश्वविद्यालयको शिक्षक/कर्मचारीसम्बन्धी नियमावलीबमोजिमको आचरण पालना नगरेकाले गत पुस २९ को निर्णयानुसार जोशीलाई सेवाबाट हटाइएको विश्वविद्यालयले जनाएको छ ।
पोखरा विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ को परिच्छेद १० को नियम ६५ खण्ड (ख) १ मा शिक्षक तथा कर्मचारीले आचरणविपरीतको कार्य गरेमा सेवाबाट हटाउन सक्ने प्रावधान छ । विश्वविद्यालयले सोही प्रावधानमा टेकेर जोशीलाई बर्खास्त गरेको हो ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया