बजारमा अधिक तरलता कायमै, ३० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडाैं । बजारमा अधिक तरलताको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ तान्ने भएको छ । बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
साँवा र ब्याज भुक्तानी मिति माघ १७ गतेसम्म निर्धारण भएको छ । ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले घटीमा १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया