मैत्रीपूर्ण फुटबलमा सशस्त्रविरुद्ध नेपाली सेनाको जित
काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पराजित गरेको छ ।
२३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाले सशस्त्रलाई २–० को गोलअन्तरले पराजित गरेको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक मैदानमा भएको खेलमा ३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतको सहभागिता थियो ।
सशस्त्र प्रहरी बल टोलीका कप्तान प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेना टोलीका कप्तान उपरथी सन्तोषकुमार ढकालले एकापसमा मायाको चिनो आदान–प्रदान गरेका थिए । साथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडी, प्रशिक्षक र टिम प्रबन्धकलाई प्रशंसापत्रसमेत प्रदान गरेका थिए ।
शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनलगायतमा समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरीबीच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगितालगायत अन्य गतिविधिसमेत गरिँदै आएको छ ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानको उपस्थिथि थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया