मैत्रीपूर्ण फुटबलमा सशस्त्रविरुद्ध नेपाली सेनाको जित

काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पराजित गरेको छ ।
२३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाले सशस्त्रलाई २–० को गोलअन्तरले पराजित गरेको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक मैदानमा भएको खेलमा ३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतको सहभागिता थियो ।
सशस्त्र प्रहरी बल टोलीका कप्तान प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेना टोलीका कप्तान उपरथी सन्तोषकुमार ढकालले एकापसमा मायाको चिनो आदान–प्रदान गरेका थिए । साथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडी, प्रशिक्षक र टिम प्रबन्धकलाई प्रशंसापत्रसमेत प्रदान गरेका थिए ।
शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनलगायतमा समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरीबीच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगितालगायत अन्य गतिविधिसमेत गरिँदै आएको छ ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानको उपस्थिथि थियो ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया