भेरोसेल लगाएकालाई कोभिशिल्डको बुस्टर डोज
काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोजमा पहिलेको भन्दा फरक खोप दिने निर्णय गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोजमा फरक खोप दिने निर्णय गरेको हो ।
जस अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई बुस्टर खोप प्रदान गर्दा पहिले कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिशिल्ड वा अस्ट्राजेनिका खोप दिने भएको छ ।
पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्र दिन सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्रजेनिका दिने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।
त्यस्तै विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाको हकमा दोस्रो मात्रा कोभिशिल्ड वा अस्ट्राजेनिका खोप प्रदान गरिने छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया