कृषि क्षेत्रका समस्या समाधान गर्न ऐन ल्याउने तयारीमा छौँ : मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न छिट्टै कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस एवं सप्ताह समारोह समितिले आज यहाँ आयोजना गरेको कृषि जैविक विविधता एवं रैथाने बालीउपज प्रदर्शनीमा मन्त्री भुसालले सो जानकारी दिएका हुन् ।
मुलुकमा आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने बताउँदै मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए। यस कार्यका लागि कृषि ऐनले सहयोग पुर्याउने उनको भनाइ थियो ।
मुलुकका विभिन्न जातिका रैथाने बालीको संरक्षण गर्नुपर्ने उनले बताए । स्वदेशी तथा मौलिक विशेषता बोकेका रैथाने कृषिउपज लोपोन्मुख हुँदै गएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मौसम अनुकूल बीउको सञ्चितीकरण र त्यसको जगेर्ना गर्नुपर्ने बताउँदै उनले कृषि अनुसन्धान तथा कृषि विज्ञानका क्षेत्रमा प्राप्त भएका उपलब्धिको सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे ।
प्रदर्शनीमा परम्परागत प्रविधिका ओखल, ठेकी, मदानी, जाँतो, फलफूल, खाद्य सामग्री, सामुदायिक उत्पादनका बीउ बैंक, राउटेले निर्माण गरेका आरी, लोपोन्मुख खाद्यान्नसमेत राखिएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया