अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने
काठमाडौं । अभिनेता भुवन केसीले स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् । मंगलबार बसेको उन्नत लोकतन्त्र पार्र्टीको केन्द्रीय समिति बैठकले भुवन केसीलाई मेयर पदको उम्मेदवारका रुपमा उठाउने निर्णय गरेको पार्टीका अध्यक्ष स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेपालले लेखेका छन्, ‘नेपाली कलासंस्कृतिका मूर्धन्य व्यक्तित्व संसारका सबै देशका लागि सद्भावना राजदूत सरह भूमिकामा रहनु भएका काठमाडौंका पुस्तैनी वासिन्दा, महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका महान नायक भुवन केसी निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ ।
अभिनेता केसीलाई मेयरको टिकटसँगै उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको विभागीय अध्यक्षको समेत जिम्मेवारी दिइएको छ । त्यस्तै, पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा रेश्मा लामालाई उठाउने निर्णय गरेको छ । स्थानीय निर्वाचनका सबै उम्मेदवारले मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने विज्ञप्तिमा उल्लेख छ ।
२०७० सालको निर्वाचनमा एमालेले भुवन केसीलाई काठमाडौं क्षेत्र नम्बर १ बाट उठाउने निर्णय गरेको थियो । तर, उनलाई टिकट दिएको भन्दै पार्टीभित्र विरोध भएपछि २४ घन्टामै उनको टिकट खोसिएकाे थियाे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया