नेप्से परिसूचक दोहोरो अंकले घट्यो, १ अर्ब ९९ करोडको कारोबार
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.३२ अंकले ओरालो लागेर दुई हजार ४२८.७५ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२८ अंकले ओरालो लागेर ४५५.९४ मा ओर्लेको छ । कूल २२६ कम्पनीको ४३ लाख ७२ हजार १७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रूपैयाँ बराबरको कारोबार भइरहेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये आज अन्य, म्युचल फण्ड र होटल तथा पर्यटनको मात्रै सेयर मूल्यमा उकालो लागेको छ । अन्य ०.३७ प्रतिशत, म्युचल फण्ड ०.०६ प्रतिशत र होटल तथा पर्यटन २.०६ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ १.१६, व्यापार २.७६, विकास बैंक १.२५, जलविद्युत् १.१८, वित्त १.६२, निर्जीवन बीमा १.६२, उत्पादन ०.३९, लघुवित्त १.१२, जीवन बीमा ०.७४, र लगानी १.६६ अंकले ओरालो लागेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया