एलन मस्क विश्वकै सबैभन्दा धनी
काठमाडौं । फोर्ब्सले सन् २०२२ मा विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गरेको छ । टेस्लाका प्रमुख एलन मस्क पहिलो स्थानमा छन् भने जेफ बेजोस दोस्रो स्थानमा छन् । फोर्ब्सका अनुसार एलोन मस्कको कुल सम्पत्ति २१९ अर्ब डलर छ भने बेजोसको कुल सम्पत्ति १७१ अर्ब डलर छ ।
विश्वका धनीमध्ये बिल गेट्स चौथो नम्बरमा र वारेन बफेट पाँचौं नम्बरमा छन् । जबकि फेसबुकका मालिक मार्क जुकरबर्ग १५ नम्बरमा छन् ।
१.५ अर्ब डलर सम्पत्तिसहित नेपालका विनोद चौधरी १९२९ नम्बरमा रहेका छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहँदै आएका छन् ।
भारतका सबैभन्दा धनी मुकेश अम्बानी १० नम्बरमा र गौतम अडानी ११ नम्बरमा छन् । फोर्ब्सका अनुसार मुकेश अम्बानीको सम्पत्ति ९०.७ बिलियन डलर छ । अडनी ९० अर्ब डलरको कुल सम्पत्तिका साथ ११ नम्बरमा छ ।
फाेब्सका अनुसार भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमेकी चीनमा ५ सय ३९अर्बपति छन् । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७ सय ३५ रहेको छ ।
विश्वकै सबैभन्दा धनी महिलाकाे सूचीमा फ्रान्सकी लोरेल उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स पहिलाे नम्बरमा छन् ।
Here’s this year’s definitive list of the World’s Billionaires: https://t.co/UcFKZr1Ky3 #ForbesBillionaires pic.twitter.com/noTOhpYJ9t
— Forbes (@Forbes) April 5, 2022
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया