‘जनताका समस्या बुझ्न समुदायमा कांग्रेस अभियान’
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा तल्लोतहका नागरिकका कुरा सुनिने बताएका छन् ।
प्रेस युनियनका जिल्लास्थित पत्रकारसँग आज यहाँ भएको अन्तक्र्रियामा पोखरेलले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए । गाउँगाउँमा पुगेर आम नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो ।
विपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएका भन्दै नेता पोखरेलले अहिलेको परिवेश अनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गरे । बसाइँसराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञानलगायत विविध परिवेश फेरिएको भन्दै उनले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताए ।
चितवन जिल्लाका पार्टी सभापति राजेश्वर खनालले अभियानमा जिल्लाका नेता/कार्यकर्ताका भूमिकाका बारेमा जानकारी गराएका थिए । यही माघ १३ गतेदेखि सुरु भएको अभियान २६ गतेसम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया