एमालेको धादिङ अधिवेशनमा तनाव, एक जनाको हात भाँचियो
काठमाडौं । नेकपा (एमाले) को धादिङ अधिवेशनमा दुई पक्षबीच कुटाकुट भएको छ । घटनामा एक जनाको हात भाँचिएको छ । अधिवेशन तनावग्रस्त बनेसँगै यसका बाँकी काम–कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
प्रतिनिधि मनोनयनमा विवाद भएपछि शनिबार दुई पक्षबीच झडप भएको हो ।
नेकपा एमाले, बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले प्रतिनिधि विवादका कारण कुटाकुट भएको र सन्तोष खनालको हात भाँचिएको विज्ञप्तिमार्फत जनाएका छन् ।
जिल्ला अध्यक्षले प्रतिनिधिको भावना नबुझी एकलौटी गर्दा यस्तो हुन पुगेको उनको भनाइ छ । जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वयसम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध गर्नुपर्नेमा त्यसलाई समेत नजरअन्दाज गरिएको उनले बताए ।
‘…बन्दसत्र सञ्चालनका लागि आवश्यक अध्यक्ष मण्डललगायत विभिन्न समितिहरूमा रहने नेताको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरूका सम्बन्धमा जिल्ला कमिटीका अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीबाट छलफलको माग गर्दागर्दै जिल्ला कमिटी अध्यक्षले जबरजस्ती पेश गर्नुभयो । उहाँले एकलौटी गर्न खोजेपछि बैठक कक्षमा असहज स्थिति उत्पन्न हुन पुग्यो,’ ढुंगेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, धादिङको अधिवेशनसमेत अनिश्चितकालका लागि स्थगित गरिएको छ । अधिवेशनलाई मर्यादित र विधिसंगत ढंगले सञ्चालन गर्ने सम्भावना नदेखिएकाले स्थगित गरिएको ढुंगेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया