राजारानीमा सिमसार दिवस (फाेटाेसहित)
काठमाडाैं । डिभिजन वन कार्यालय धनकुटाले यो वर्षको विश्व सिमसार दिवस धनकुटाको चौबिसे गाउँपालिका-६ स्थित राजारानी तालमा मनाएकाे छ । डिभिजन वन कार्यालय धनकुटा र चौबिसे गाउँपालिकाको सहकार्यमा राजारानी ताल परिसरमा र्याली, वृक्षरोपण र फोहर संकलन गर्ने डस्बिन हस्तान्तरण लगाएतका विभिन्न क्रियाकलापको आयोजना गरिएको थियो ।
स्थानीय श्री पुण्य माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक, राजारानी ताल व्यवस्थापन समिति, चौबिसे गाउँपालिकाका पदाधिकारीहरू, इलाका प्रहरी कार्यालय, सामुदायिक वन उपभोक्ता समूह समेतको सहभागितामा सिमसार दिवस मनाएको हो । सोही अवसरमा डिभिजन वन कार्यालयका तर्फबाट प्रमुख भरतबाबु श्रेष्ठ र चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बुले ताल व्यवस्थापन समितिलाई चारवटा डस्टविन हस्तान्तरण गरेको थियाे ।
समुद्रसतहबाट १ हजार ६ सय मिटर उचाईमा अवस्थित पूर्वी पहाडको चर्चित पर्यटकीयस्थल राजारानी धरान देखि ३६ किलोमिटर पूर्वोउत्तरमा पर्दछ । चौबिसे र उत्तरी मोरङको जलाधारको रूपमा रहेको राजारानी सिमसार क्षेत्र करिब ५ सय रोपनीमा फैलिएको छ । रानीताल संरक्षण भइरहेपनि सँगैको राजाताल भने सुकिसकेको छ । पछिल्लो समय सिमसार क्षेत्रको महत्व बुझेर सुकेको राजाताललाई पनि तालकै (सिमसार क्षेत्र) कै रूपमा विकास गर्ने गाउँपालिका अध्यक्ष राजकुमार लिम्बुले बताए ।
थरिथरिका सुनाखरी फूल्ने राजारानी क्षेत्र, विभिन्न प्रजातिका माछा र चराहरूको पनि घर हो । रानीतालको संरक्षण व्यवस्थापन पछि व्यवसायिक रूपले डुङ्गा चलाउन थालिएपछि दृश्यावलोकन तथा चिसो मौसमको आनन्द लिनका यो ठाउँ आन्तरिक पर्यटकमाझ लोकप्रिय बनेको छ । धरान, इटहरी र विराटनगर जस्ता शहरबाट गर्मी छल्न सबभन्दा नजिकको पर्यटकीयस्थल राजारानीमा पिकनिक खान, डुङ्गा चढेर रमाउन आइपुग्छन् ।
रिपोर्ट तथा फोटो : आकांक्षा श्रेष्ठ (वन विज्ञान अध्ययन संस्थान हेटौडा)
ताजा अपडेट
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त
-
शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ
-
पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
-
युनलाई थप ३० वर्ष जेल सजाय






प्रतिक्रिया