रहेनन् पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बुढाथोकी

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका स्थायी ठेगाना भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।
एक सातादेखि निमोनियाबाट ग्रसित बुढाथोकीको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस, कोशी प्रदेशका सभापति उद्धव थापाले जानकारी दिए ।
पञ्चायतकालदेखि राजनीतिमा सक्रिय बुढाथोकी ०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा सामान्य प्रशासन मन्त्री थिए । नेपाली कांग्रेसको गत महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
दिवंगत नेता बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया