बाँसबारी प्रकरण: अरुणकुमार चौधरीसहित ३ जनालाई छाड्ने तयारी

काठमाडौं। बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले आज छाड्ने तयारी गरेको छ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरु ३ जनालाई छाड्ने तयारी गरेको सीआईबी स्रोतले बताएको छ।
पक्राउ परेका चौधरीसहित बाँसबारी छाला जुत्ता कम्पनीका पूर्वअध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई हाजिर जमानीमा छाड्न लागिएको हो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार दिएको आदेशअनुसार उनीहरूलाई रिहा गर्न लागिएको हो। आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले आज तीन जनालाई छाड्ने तयारी गरेको हो ।
मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ । अदालतको आदेशपछि प्रहरीले यही दफामा टेकेर तीन जनालाई छाड्न लागेको सीआईबीले जनाएको छ। यद्यपि थप अनुसन्भान भने जारी रहनेछ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया