चौधरीसहित ३ जना रिहा, सीआईबी भन्छ : ‘डिस्जार्चको विषय निजी’
काठमाडौं। बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले रिहा गरेको छ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेका चौधरीसहित बाँसबारी छाला जुत्ता कम्पनीका पूर्वअध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई रिहा गरेको हो। उनीहरुलाई हाजिर जमानीमा रिहा गरिएको सीआईबीले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार दिएको आदेशअनुसार बुधबार उनीहरूलाई रिहा गरिएको हो। आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले आज तीनै जनालाई रिहा गरेको हो ।
सीआईबीले बाँसबारी छाला-जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो । पक्राउ परेलगैतै चाैधरी र पूर्वअध्यक्ष थापा काे स्वास्थ्यमा समस्या देखिएकाे भन्दै चिरायू अस्पताल भर्ना गरिएको थियो । राति त्यहाँबाट रिफर गरिएको भन्दै ग्राण्डी अस्पताल सारिएको थियो । याे विषयमा भने सीआईबी अस्पतालबाट डिस्जार्चको विषय निजी भएको बताएकाे छ । थापालाई मुटु र चौधरीलाई सुगर प्रेसरको समस्या देखिएकाे बताइएकाे थियाे ।
ताजा अपडेट
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त
-
शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ
-
पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
-
युनलाई थप ३० वर्ष जेल सजाय
-
विश्वकप फुटबल: चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाको पुनरागमन जित


प्रतिक्रिया