ललिता निवास भ्रष्टाचार मुद्दामा सचिवहरू दोषी ठहर, मन्त्रीलाई सफाइ
काठमाडौं । ललितानिवाससम्बन्धि भ्रष्टाचार मुद्दामा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् भने पूर्वसचिवहरु दोषी ठहर भएका छन् । बिशेष अदालतले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रराज जोशीले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविराज पन्त दोषी ठहर भएका छन् । बिशेष अदालतले सो मुद्दामा फैसला सुनाउँदै दुवैलाई जनही २ वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्दा भ्रष्टाचार गरेको अभियोगमा उनीहरु दोषी ठहर भएका हुन् । त्यतीबेला बस्नेत भौतिक योजना मन्त्रालयका सचिव थिए भने पन्त भुमीसुधार मन्त्तालयमा थिए ।
पूर्वसचिव दिनेशहरी अधिकारीले भने निर्दाेष ठहर भएका छन्।
विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाएको हो । यो मुद्दामा मुख्य बिचौलिया शोभाकान्त र रामकुमार सुवेदीसहित १२ जनालाई मुख्य कसुरदारको रुपमा सजाय भएको छ ।
अन्य केही कर्मचारी दोषी ठहर भएका छन् भने केहीले सफाइ पाएका छन् ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया