प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजेका लागि तय छ ।
संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको प्रश्नोत्तर कार्यक्रम छ । जसमा सांसदहरूले राखेका जिज्ञासाका प्रधानमन्त्रीले जवाफ दिनेछन् ।
त्यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बधी पत्र पढेर सुनाउने अर्को कार्यसूची पनि छ ।
राष्ट्रियसभामा उत्पत्ति भएको शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पेश गर्ने, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रस्तुत गर्नेलगायत अन्य कार्यसूची पनि आज छन् ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया