सुन तस्करी जाँचबुझ आयोगले क–कसको बयान लियो ?
काठमाडौं । सुनको अवैध पैठारी(तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले फागुन मसान्तसम्म म्याद थप गर्न प्रस्तव पठाएको छ । अझ धेरै काम बाँकी रहेको भन्दै दोस्रो पटक म्याद थप हुन लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटक–पटक सुन तस्करी भएपछि पूर्वन्यायाधीश डिल्लिराज आचार्यको नेतृत्वमा आयोग गठन भएको थियो । आयोगले सुन तस्करीका विविध आयमको विषयमा अनुसन्धान गरिरहेको छ ।
क–कसको बयान लियो आयोगले ?
आयोगले सुन तस्करीमा संलग्न तथा अनुसन्धानमा आबद्ध व्यक्तिहरुसँग बयान तथा छलफल गरेको छ । सुरुमा आयोगले ब्रेक प्याड तथा बिद्युतीय चुरोटमा लुकाएर सुन तस्करीको आरोपमा पक्राउ परेका ३२ जनाको बयान लिएको थियो । सो प्रकरणमा मुछिएका अन्य २१ जनासँग पनि आयोगले बयान कागज गराएको छ । त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख किरण बज्राचार्यसहित ६ जनासँग परामर्श तथा सोधपुछ गरिएको आयोगले जनाएको छ । पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि बयान गरेको छ । उनको मोबाइल समेत परीक्षणमा पठाइएको आयोग स्रोत बताउँछ ।
३३ किलो सुन तस्करीमा संलग्न चुणामणि उप्रेती गोरेसँग पनि आयोगले छलफल गरेको थियो ।
आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक लगायत विभिन्न व्यक्तिसँग परामर्श लिएको छ ।
केही विवरणहरू अझै आइनपुगेको तथा प्रतिवेदन लेखनका लागि भन्दै आयोगको म्याद थपका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया