काभ्रेमा सिडिओ र प्रहरी प्रमुखसहित आठ महिला प्रमुख

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश सरकारी कार्यालयमा महिलाले नेतृत्व सम्हालेका छन् । प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी प्रमुखसम्म महिला छन् ।
जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक(एसपी)बसुन्धरा खड्काले सम्हालेकी छिन् । गत साता उनको सरुवा भएकोमा बुधबार हाजिर भएकी हुन् । राष्ट्रसंघमा समेत उच्च पदमा काम गरेकी उनी प्रहरीकी क्षमतावान अधिकृत मानिन्छिन् ।
काभ्रेमा प्रमुख जिल्ला अधिकारी(सिडिओ) पनि महिला छिन्। सहसचिव रुद्रादेवी शर्मा काभ्रेको सिडिओका रुपमा कार्यरत छिन् । प्रहरी नेतृत्व पनि महिला नै भएपछि जिल्ला प्रशासन र प्रहरी दुवैमा महिलाको नेतृत्व भएको छ ।
सिडिओ रुद्रादेवी शर्मा
काभ्रेका अन्य ६ वटा सरकारी कार्यालयहरूमा पनि महिलाको नेतृत्व छ । शिक्षा विकास तथा समन्वय इकाई, काभ्रेपलाञ्चोकको प्रमुखमा देवका ढकाल, स्वास्थ्य कार्यालयको प्रमुखमा अनिता खनाल तथा पशु सेवा कार्यालयमा डा. सिर्जा वाग्ले प्रमुख छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा डा.वशंवदा कौडिन्न्यायनी, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा मनिषा चापागाइ तथा स्वास्थ्य बिमा बोर्डको जिल्ला कार्यालयमा मुना निरौलाले प्रमुख छिन् ।
ताजा अपडेट
-
कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
प्रतिक्रिया