NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

सरकारी जागिरमा अवसरै अवसर, कृषि विकास बैंकमा ११२ र नागरिक उड्डयनमा ९८ कर्मचारी माग

काठमाडौं । कृषि विकास बैंक र नागरिक उड्डयन प्राधिकरणले २१० कर्मचारी माग गरेका छन् ।

लोक सेवा आयोगको अनुमतिमा खुला तथा समावेशीबाट स्थायी पदपूर्ति गर्ने गरी यी दुई सरकारी निकायले शुक्रबार विज्ञापन आह्वान गरेका हुन् ।

कृषि विकास बैंकले ११२ कर्मचारी माग गरेको छ । बैंकले प्रशासन र प्राविधिक सेवातर्फ अधिकृत र सहायक पदमा कर्मचारी माग गरेको हो । सबैभन्दा धेरै तह ४ को लेखापाल पदमा ४६ कर्मचारी माग गरिएको छ । व्यवसाय अधिकृत तह ६ मा ३२ र व्यवसाय सहायक तह ५ मा १६ जनाका लागि आवेदन खुलाइएको छ ।

त्यस्तै, नागरिक उड्डयन प्राधिकरणले ९८ कर्मचारी मागेको छ । प्राधिकरणले उपनिर्देशकदेखि सहायकसम्मका पदमा आवेदन आह्वान गरेको हो ।

कृषि विकास बैंकको विज्ञापन

नागरिक उड्डयन प्राधिकरणको विज्ञापन

ताजा अपडेट

नेपालवाच विशेष