NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

केआइओसिएचद्वारा रिसर्च असिस्टेन्ट, मेडिकल अफिसर, नर्सलगायत पदमा २० जनशक्ति माग

काठमाडौं । काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थले २० जनशक्ति माग गरेको छ । विभिन्न परियोजनामा रिक्त पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा नियुक्त गर्न इन्ष्टिच्युटले आवेदन माग गरेको हो ।

इन्ष्टिच्युटले सबैभन्दा धेरै रिसर्च असिस्टेन्ट पदमा १६ जनशक्ति माग गरेको छ । जनस्वास्थ्य वा नर्सिङ विषयमा स्नातक उत्तीर्णले यो पदमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै टिडिएबिसी परियोजना संयोजकमा २, कार्यक्रम अधिकृत र मेडिकल अफिसर १/१ जना माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले आगामी १५ दिनभित्र आवेदन दिनसक्नेछन् भने अन्तर्वार्ताबाट तिनैमध्ये चयन गरिनेछ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष