ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन
ताप्लेजुङ, । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ ।
तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए। उनका अनुसार उक्त शिविर जिल्लास्थित नेत्रज्योति सङ्घ, तिलगङ्गा आँखा अस्पताल, सेवा फाउण्डेशन र फुङ्लिङ नगरपालिकाको संयुक्त पलहमा आयोजना गरिएको हो ।
शिविरमा छनोट भएका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने आँखा उपचार केन्द्रले जनाएको छ । मोतियाविन्दुका बिरामीको छनोटका लागि जिल्लाको मैवाखोला र मिक्वाखोलामा यही फागुन १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ३७ जना मोतियाविन्दुका बिरामीको पहिचान भएको छ । परीक्षणका क्रममा ४० वर्षमाथि उमेर समूहका सेवाग्राहीलाई चस्मा तथा आवश्यकता अनुसारका औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।
आजदेखि सुरु भएको शिविरमासमेत मोतियाविन्दुका बिरामीको पहिचान र उपचार हुनेछ भने भोलिदेखि शल्यक्रिया गरिने आयोजकले जनाएको छ । नेत्रज्योति सङ्घ ताप्लेजुङले यसअघि पनि निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया