ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन
ताप्लेजुङ, । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ ।
तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए। उनका अनुसार उक्त शिविर जिल्लास्थित नेत्रज्योति सङ्घ, तिलगङ्गा आँखा अस्पताल, सेवा फाउण्डेशन र फुङ्लिङ नगरपालिकाको संयुक्त पलहमा आयोजना गरिएको हो ।
शिविरमा छनोट भएका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने आँखा उपचार केन्द्रले जनाएको छ । मोतियाविन्दुका बिरामीको छनोटका लागि जिल्लाको मैवाखोला र मिक्वाखोलामा यही फागुन १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ३७ जना मोतियाविन्दुका बिरामीको पहिचान भएको छ । परीक्षणका क्रममा ४० वर्षमाथि उमेर समूहका सेवाग्राहीलाई चस्मा तथा आवश्यकता अनुसारका औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।
आजदेखि सुरु भएको शिविरमासमेत मोतियाविन्दुका बिरामीको पहिचान र उपचार हुनेछ भने भोलिदेखि शल्यक्रिया गरिने आयोजकले जनाएको छ । नेत्रज्योति सङ्घ ताप्लेजुङले यसअघि पनि निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया