फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते
एजेन्सी । मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन् ।
स्थानीय समय अनुसार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताएका छन् ।
आगलागीबाट बाँचेकी उनीहरूकी छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा दिएको जानकारी अनुसार आगलागीमा आमाबाबु र दुई भाइहरूको मृत्यु भएको बताए ।
उनले भने, “बुबा, आमा र दुई भाईहरू घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्यहरु तल्लो तलामा सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ ।
आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन् । आवासीय क्षेत्रमा द्रूत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया