नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेससहित पुरानो गठबन्धन दलबाट मन्त्रीहरु बिदा भएसँगै नयाँ गठबन्धन सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।
आज नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्यालले शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका उनीहरुले कुन मन्त्रालय सम्हाल्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेलगायतका दलसँग गठबन्धन गरेर आज सानो आकारको मन्त्रिमण्डल गठन गरेका हुन् ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया