NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

२ करोडको भ्रष्टाचार मुद्दामा मेयर र प्रशासकीय अधिकृतलाई सफाइ

काठमाडौं । स्याङजाको गल्याङ नगरपालिकाका तत्कालीन मेयरसहित ६ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । तत्कालिन मेयर भुपराज अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले मंगलबार बिशेष अदालतबाट सफाइ पाएका हुन् ।

उनीहरुविरुद्ध एक करोड ९७ लाख विगो कायम गरी अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष मुद्दा दायर गरेको थियो । स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानी दिइएको अभियोग थियो ।

साथै, अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि., तीनकुने, काठमाडौं र उक्त प्रा.लि.का अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेलाई पनि प्रतिवादी बनाइएको उनले पनि सफाइ पाएका छन् । नगरपालिकाले प्रचलित भन्दा महंगो दरमा अदुवा गरी किसानलाई वितरण गर्दा अनियमितता भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष