आगामी साता विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
काठमाडौं । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी साता विश्वासको मत लिने तयारी गरेका छन् । ३० फागुनमा विश्वासको मत लिने उनको तयारी छ ।
शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले ३० फागुनमा विश्वासको मत लिने तयारी भइरहेको जानकारी गराएका हुन् ।
नयाँ गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा(एकीकृत समाजवादी) छन् । एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१ तथा समाजवादीको १० छ । जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने तयारीमा छ । उसको १२ सिट छ । यी पाँच दल मिल्दा संसदमा १५१ मत मिल्छ ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया