आगामी साता विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
काठमाडौं । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी साता विश्वासको मत लिने तयारी गरेका छन् । ३० फागुनमा विश्वासको मत लिने उनको तयारी छ ।
शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले ३० फागुनमा विश्वासको मत लिने तयारी भइरहेको जानकारी गराएका हुन् ।
नयाँ गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा(एकीकृत समाजवादी) छन् । एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१ तथा समाजवादीको १० छ । जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने तयारीमा छ । उसको १२ सिट छ । यी पाँच दल मिल्दा संसदमा १५१ मत मिल्छ ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया