दुई मन्त्रीले आइतबार सपथ लिने
काठमाडौैं । जनता समाजवादी पार्टी आइतबार सरकारमा सहभागी हुने भएको छ । दुई नेताले आइतबार मन्त्रीको सपथ लिने तय भएको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादब र नवलकिशोर साह मन्त्री बन्ने निर्णय भइसकेको छ। साथै, दीपक कार्की राज्यमन्त्री हुनेछन् ।
उपेन्द्र यादबलाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । साह वनमन्त्री बन्नेछन् ।
मन्त्रिपरिषद् विस्तार लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै संसदमा बिश्वासको मत लिने तयारी गरेका छन् । ३० फागुनमा विश्वासको मत लिनेबारे उनले तयारी गरेका छन् ।
एमाले र माओवादी केन्द्रबाट केही राज्यमन्त्री पनि थप हुने सम्भावना छ । हाल प्रधानमन्त्रीसहित २० सदस्यीय मन्त्रिपरिषद् छ । संविधानअनुसार बढीमा २५ सदस्यीय बनाउन पाइन्छ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया