हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उनले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पारे ।
रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने पनि स्पष्ट गरे । साथै उनले जोखिम लिएरै आफूहरुले वर्तमान गठबन्धन सरकारलाई साथ दिएको हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताए ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया