आज विश्व मिर्गौला दिवस, मृगौला स्वस्थ्य कसरी राख्ने ?
काठमाडाै । आज विश्व मृगौला दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मिर्गौला दिवस मनाइँदै छ । चिकित्सकका अनुसार प्रत्येक १० जनामध्ये एक जनलाई मृगौलासम्बन्धी रोग लाग्ने गर्छ ।
नेपालमा पनि पछिल्लो समय अस्वस्थ खानपान तथा जीवनशैलीले मृगौला रोगी बढ्दो छन् । मृगौला स्वस्थ हुन हाम्रो खानपान र जीवनशैली स्वस्थ हुन जरुरी छ । मृगौला स्वस्थ राख्न अपनाउन सकिने जीवनशैली यस्ता छन् :
नुनको मात्रा कम गर्ने
नुनमा हुने सोडियमले रक्तचाप बढाउन मद्त गर्दछ जसले मृगौला खराब बनाउदै लैजान्छ । यसले मृगौलामा पत्थरी हुने खतरा बढाउँछ । जसले गर्दा पिसाब फेर्दा समस्या हुने तथा टाउको दुख्ने हुन्छ । त्यसैले स्वस्थ मृगौलाका लागि हामीले दैनिक खानामा नुनको मात्रालाई कम गर्नुपर्छ ।
प्रशोधित खानेकुरा नखाने
मृगौला खराब बनाउने अर्को कारण प्रशोधित तयारी खानेकुरा पनि हो । प्रशोधित तयारी खानेकुरामा उच्च मात्रामा सोडियम र फोस्फोरस हुने गर्दछ । जसले गर्दा हाड तथा मृगौला खराब गर्दछ । यी दुबै मृगौलाका लागि घातक हुन्छ । हामीले दैनिक जीवनमा प्रशोधित खानालाई कम गर्नुका साथै सकेसम्म घरकै खानामा जोड दिनुपर्छ ।
धुम्रपान नगर्ने
मृगौलालाई स्वस्थ राखि राख्ने हो भने धुुम्रपान गर्ने आदतलाई छोड्नुपर्छ । धुम्रपानले रक्तचाप र मधुमेहको खतरा बढाउँछ । यसले मृगौलामा रगतको प्रवाह न्यून बनाउँछ जसले गर्दा मृगौला खराब हुन्छ । त्यसैले मृगौला खराब हुनबाट जोगाउन यसको सेवनबाट टाढै रहनुपर्छ ।
पानी प्रशस्त्र पिउने
पानीमा अधिक शक्तिशाली क्षमता हुन्छ । यसले मृगौलाको कार्यक्षमता राम्रो राख्दछ । यही प्रक्रियाबाट नै शरीरको फोहोर र विकारयुक्त चिज शरीरबाट निस्कने गदर्छ । त्यसैले स्वस्थ मृगौलाका लागि दिनमा कम्तीमा ३ देखि ५ लिटर पानी पिउनुपर्छ ।
मासुको प्रयोग कम गर्ने
मासुमा प्रोटिन हुन्छ, तर मासुमा हुने प्रोटिनले रगतमा अम्लको मात्रा बढाउँछ । जसका कारण अम्लले गर्दा राम्रोसँग काम गर्न सक्दैन् । मासुको प्रयोग सिमित मात्रामा गर्दा फाइदाजनक भए पनि अधिक प्रयोगले हानि गर्दछ । त्यसैले ठिक्क मात्रामा मासुको प्रयोग गरियो भने पनि मृगौला बिग्रनबाट जोगिन सकिन्छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया