NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

ह्याम्स अस्पतालले ‘संवाद श्रृङ्खला-१’ सञ्चालन गर्दै

काठमाडाैं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले ‘संवाद श्रृङ्खला–१’ सञ्चालन गर्ने भएको छ । अस्पतालले भाेल बिहान १०:३० बजेदेखि होटल अकामा, धुम्वाराहीमा ‘संवाद श्रृङ्खला–१’ संचालन गर्न लागेको अस्पतालले जनाएको छ ।

ह्याम्स अस्पतालले नेपाली आम जनमानस प्रतिको सामाजिक उत्तरदायित्व बोध गर्दै प्रत्येक वर्ष अस्पतालको वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक हितको लागि “स्वास्थ्य सवैको सरोकार”भन्ने नारा सहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

अस्पतालका अनुसार तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको बारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने उद्देश्यसहित सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।

संवादका विषयहरु :

१. पहिलो सत्रः भेप/ई–सिगरेट : बढ्दो गम्भिर स्वास्थ्य चुनौती”

२. दोस्रो सत्रः स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु”

३. तेस्रो सत्रः पहिलो २ सत्रको सारंश तथा माननीय उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूबाट प्रमुख मन्तव्य ।

ह्याम्स एक विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल हो । सन् १९९७ मा स्थापित यस अस्पतालले विगत ५ वर्षदेखि धुम्वाराहीमा अस्पताल संचालनसम्वन्धी अन्तराष्ट्रिय मापदण्ड पुरा गरी भुकम्प प्रतिरोधात्मक, आगजनी लगायत अन्य दुर्घटना सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको अत्याधुनिक हेलिप्याड सहितको भवनबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

विश्वमा उपलब्ध रहेका उच्चतम प्रविधिको प्रयोग गरी देश तथा विदेशमा अब्बल मानिएका दक्ष तथा अनुभवी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा विश्वस्तरीय सेवा प्रदान गरिरहेको छ । सुरक्षित तथा प्रमाणमा आधारित चिकित्सकिय सेवा प्रदान गर्दै स्वास्थोपचारमा उच्च नैतिक स्तर कायम राख्नु यस अस्पतालको लक्ष्य हो ।

कोभिड–१९ महामारीले देशको समग्र स्वास्थ्य पूर्वाधारलाई नै ठूलो दवाव दिएको समयमा यस अस्पतालले विश्वस्तरीय सेवा प्रदान गर्दै जनताको विश्वास जित्न सफल भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट प्रदान गर्नुका साथै ह्याम्स अस्पतालमा चिकित्सा शिक्षा आयोग अन्तर्गतको उच्च शिक्षाको पठन पाठन भईरहेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष