भारतमा बस दुर्घटना, छ जना स्कुले बालबालिकाको मृत्यु
नयाँदिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
जि.एल. पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो । प्रारम्भिक रिपोर्टमा ड्राइभरले गाडी उच्च गतिमा लापरवाहीपूर्ण रुपमा चलाएका कारण दुर्घटना भएको जनाइएको छ ।
एक मिडिया रिपोर्टमा बसका घाइते बच्चालाई उद्धृत गर्दै बस चालकले मदिरा सेवन गरी तीव्र गतिमा बस चलाएका बताएको छ । निर्दोष बालबालिकाको मृत्युले सम्पूर्ण कानिना क्षेत्रबासी गहिरो शोकमा छन् ।
हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूति सहित घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया