दुग्ध किसानको रु ४८ करोड भुक्तानी बाँकी
हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग रु ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ ।
गत फागुनमा केन्द्रीय दुग्ध सहकारी सङ्घ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौताअनुसार चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयमा सम्झौताअनुसार भुक्तानी नभएको भन्दै सङ्घले आन्दोलन गर्ने चेतावनी दिएको हो ।
सङ्घका अध्यक्ष हरिप्रसाद कँडेलले सम्झौताअनुसार दूधको भुक्तानी चैत मसान्तभित्र गरिसक्नुपर्ने र बाँकी भुक्तानी निरन्तर दिने व्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दूध निरन्तर बिक्री हुने व्यवस्था मिलाउनुपर्ने बताए । उनले दुग्ध उत्पादक किसानलाई दिँदै आएको लिटर अनुदानलाई निरन्तर दिने व्यवस्था गरिनुपर्ने र पशु बीमालाई सहकारी संस्थामार्फत गर्ने व्यवस्था गरिनुपर्ने माग गरे ।
अध्यक्ष कँडेलले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्था गर्ने सरकार र निजी दुग्ध उद्योगीविरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था आएको बताए । उनले सम्पूर्ण दुग्ध उत्पादक किसानलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी बाग्मती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेठलाई गराइएको बताए । मन्त्री श्रेष्ठ यसै क्षेत्रबाट चुनाव जितेकाले समस्या समाधानमा लागिदिन आग्रह गरिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया