शिक्षा क्षेत्रको बजेट विनियोजन विवरण सार्वजनिक : अध्ययन गरेर मन्त्रालयलाई सुझाव दिन अनुरोध
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्ष देखिको बजेट विनियोजन विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येताहरूलाई सुझाव दिन अनुरोध गरेकी छिन् । ‘हामीले विगतदेखिनै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै आएका थियौँ। यी तथ्याङ्कका आधारमा प्राप्त कार्यान्वयनयोग्य सुझावलाई आगामी बजेट बनाउने क्रममा मन्त्रालयले मनन गर्नेछ।’ मन्त्री श्रेष्ठले भनिन्।
मन्त्रालयका अनुसार शिक्षामा लगानी कहाँ कहाँ भइरहेको छ र त्यसको प्रतिफल के प्राप्त भइरहेको छ भनेर अध्ययन गर्न अध्येता, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई यी तथ्याङ्कले सहयोग गर्नेछ। यी तथ्यांकको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेल [email protected] मा पठाउन सकिने मन्त्रालयले जनाएको छ ।
शिक्षा क्षेत्रमा ५ वर्ष देखिको बजेट विनियोजन विवरण हेर्न यहाँ क्लिक गर्न सक्नेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया