कोरोना अपडेट : ४११५ मा परीक्षण, १३ को रिपोर्ट पोजेटिभ

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १५५ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५६८ पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४९ रहेको छ । पछिल्लो समय थप ४४ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६५ हजार ९८० पुगेको छ । यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । सङ्क्रमणबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ रहेको छ । अहिले होमआइसोलेशनमा ६१३ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आइसीयूमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।
ताजा अपडेट
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
प्रतिक्रिया