सुदुरपश्चिममा मुख्यमन्त्री चुन्न फेरि समस्याः समाजवादीका सोडारी एमालेलाई अस्वीकार्य !

काठमाडौं । सत्ता छाड्ने धम्कीपछि सुदुरपश्चिममा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने भएको छ । तर, मुख्यमन्त्री को भन्ने अझै अन्योल छन् ।
एकीकृत समाजवादीले प्रदेशका संसदीय दलका नेता दीर्घ सोडारीलाई उम्मेदवार बन्ने निर्णय गरेको छ । तर, उनलाई एमालेले अस्वीकार गरेको छ । उनी विवादास्पद पात्र भएको भन्दै एमालेले वैकल्पिक उम्मेदवार उठाउन भनेको छ।
खासगरी एमाले अध्यक्ष केपी ओलीसँगको व्यक्तिगत रिसिइवीका कारण एमालेले सोडारीलाई अस्वीकार गरेको हो । यसअघि सोडारी एमालेमा हुँदा पनि मन्त्री भएका थिए । महिलासँगको विवादास्पद अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले बर्खास्त गरेको थियो । त्यही बेलादेखि उनीहरुबीच सम्बन्ध बिग्रिएको थियो । अहिले पनि ओलीले उनको विकल्प खोज्न भनेपछि सोडारी तनावमा परेका छन् ।
सुदुरपश्चिममा एमालेका चार प्रदेश सांसद छन् । सोडारीबाहेक प्रकाश रावल, नरेश शाही र माया पन्त छन् । एमालेले रावललाई समर्थन गर्ने संकेत दिएको छ ।
मुख्यमन्त्रीमा दावी गर्ने समय प्रदेश प्रमुखले बिहीबारसम्मका लागि दिएका छन् ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया