अर्घाखाँचीमा आगलागी, ४३ घर गोठ जले

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिP ।
भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा हिजो भएको आगलागीमा २३ घरगोठ जलेका थिए । नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँको आगलागीले १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताP ।
उgका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा आएको छैन ।
आगलागीबाट पाणिनी गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । शितगङ्गा नगरपालिका वडा नम्बर ६ र १२ भेडामारे, डोहोटे, गल्डुङ्गलगायतका स्थानमा डढेलोले पाँच घर र आठ गोठ जलेर नष्ट भएका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
प्रतिक्रिया