प्रहरीका सइले पेस्तोल हराएपछि..

बारा । इलाका प्रहरी कार्यालय अमलेखगन्जमा कार्यरत प्रहरीले पेस्तोल हराएका छन् । आइतबार मध्यरातमा गाँजा तस्करी हुँदै छ भन्ने सूचना पाएको प्रहरी अमलेखगन्जबाट उत्तरतर्फको जंगलमा जाने क्रममा वरिष्ठ सइ पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हाराएको हो ।
१० राउन्ड गोली भरिएको पेस्तोल हराएको हो। ड्युटीमा खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
‘प्रहरीलाई आएको विशेष सूचनाको आधारमा अनुसन्धान गर्न गएका वरिष्ठ सइ बिसीले बुझेर लगेको पेस्तोल हराएको हो, पेस्तोलको खोजीकार्य भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने भने । पेस्तोल हराउने सइमाथि कारबाहीको तयारी भइरहेको छ ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया