सेनाले माग्यो दलित पुजारीसहित १४७ जनशक्ति
काठमाडौं । नेपाली सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी दलित पुजारीसहित १४७ जनशक्ति माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राविधिक, हवाई, विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा शुक्रबार आवेदन आह्वान गरेको हो ।
प्राविधिक अमलदार जनरल मेकानिकलमा २५, प्राविधिक अमलदार भेहिकल मेकानिक्समा २४, प्राविधिक अमलदार रेडियो मेकानिक्स र प्राविधिक अमलदार मेडिकलमा १३/१३ जना जनशक्ति माग गरिएको छ ।
सेनाले विभिन्न २६ पदमा जनशक्ति माग गर्दा पण्डितका लागि पनि आवेदन खुलाएको छ । कुल ९ पण्डित हुद्दा माग गरिएकोमा सामवेशीतर्फ दलित कोटामा पनि एक जना पण्डित मागिएको छ । नेपाली सेनाले यसअघि पनि दलित कोटामा पण्डित माग गरेको थियो ।
नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी त्यसको हार्डकपी प्रिन्ट आउट गरेर भर्ना केन्द्रमा बुझाउनुपर्ने भर्ना छनोट निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार, उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भएर दरखास्त पेश गर्न पनि सकिनेछ ।
आवेदन वैशाख १४ देखि जेठ गतेसम्म बुझाउन सकिनेछ । दोब्बर दस्तुर बुझाएर भने आगामी जेठ १९ गतेसम्म आवेदन दिन सकिने निर्देशनालयद्वारा जारी सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया