सेनाले माग्यो दलित पुजारीसहित १४७ जनशक्ति
काठमाडौं । नेपाली सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी दलित पुजारीसहित १४७ जनशक्ति माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राविधिक, हवाई, विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा शुक्रबार आवेदन आह्वान गरेको हो ।
प्राविधिक अमलदार जनरल मेकानिकलमा २५, प्राविधिक अमलदार भेहिकल मेकानिक्समा २४, प्राविधिक अमलदार रेडियो मेकानिक्स र प्राविधिक अमलदार मेडिकलमा १३/१३ जना जनशक्ति माग गरिएको छ ।
सेनाले विभिन्न २६ पदमा जनशक्ति माग गर्दा पण्डितका लागि पनि आवेदन खुलाएको छ । कुल ९ पण्डित हुद्दा माग गरिएकोमा सामवेशीतर्फ दलित कोटामा पनि एक जना पण्डित मागिएको छ । नेपाली सेनाले यसअघि पनि दलित कोटामा पण्डित माग गरेको थियो ।
नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी त्यसको हार्डकपी प्रिन्ट आउट गरेर भर्ना केन्द्रमा बुझाउनुपर्ने भर्ना छनोट निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार, उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भएर दरखास्त पेश गर्न पनि सकिनेछ ।
आवेदन वैशाख १४ देखि जेठ गतेसम्म बुझाउन सकिनेछ । दोब्बर दस्तुर बुझाएर भने आगामी जेठ १९ गतेसम्म आवेदन दिन सकिने निर्देशनालयद्वारा जारी सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
प्रतिक्रिया