हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषयलाई समाचारको रूप दिएर छापेका छन् ।
कान्तिपुर दैनिकले गभर्नरमाथि थालिएको कारबाही प्रक्रियामाथि आज पनि मुख्य समाचार बनाएको छ । सरकारले गभर्नरलाई निशाना बनाउँदा देशको अर्थतन्त्र थप जोखिममा परेको कान्तिपुर समाचारको सार छ ।
अवैध रूपमा ग्रिस छिर्ने प्रयोजनका लागि ग्रिस पुगेका ३७ नेपाली पक्राउ परेको, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश अस्वीकार गरेकोलगायत खबरलाई कान्तिपुरले पहिलो पृष्ठमा स्थान दिएको छ ।
नयाँ पत्रिकाले ‘एजेण्डा र निष्ठा होइन, पैसाले लडिन्छ चुनाव’ शीर्षकमा ब्यानर समाचार लेखेको छ । निर्वाचनमा उम्मेदवारले गर्ने असीमित खर्चले भ्रष्टाचारलाई बढावा दिनुका साथै सुशासन कायम गर्न कठिन हुने भन्दै विज्ञहरूले चिन्ता जायर गरेका छन् ।
अन्नपूर्णले एन्टिबायोटिकको असरबारे चिरफार गरेको छ भने राजधानीले गठबन्धनभित्र तालमेलको किचलो देखापरेको जनाएको छ ।


ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया