आगालागीबाट दुई घर र फार्म जले
सर्लाही । जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गएराति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो ।
आगलागीबाट हरिवन नगरपालिका–३, मोहनपुरका रोहन भुजेलको घर र दुईवटा फार्म घर जलेका छन् । भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरापालन गरेको दुई वटा फार्ममा आगलागी हुँदा रु. ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन् । घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित रु. ११ लाख बराबरको क्षति भएको हो ।
यसैगरी, गएराति नै कविलास नगरपालिका–१०, सलेमपुरमा एक घरमा आगलागी भएको छ ।
आगलागीबाट सोही स्थानका वासुदेव महतोको गोठघर नष्ट भएको छ । आगलागीबाट रु दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया