चितवनका कुखुरा र सुली तनहुँमा निषेध !
काठमाडौं । चितवनमा उत्पादित कुखुरा, त्यसको अण्डा, चल्ला, मासु र सुली तनहुँमा आयात गर्न नपाइने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तनहुँले चितवनमा उत्पादित कुखुराजन्य वस्तु आयातमा रोक लगाएको हो ।
तनहुँमा बर्डफ्लू रोग संक्रमण फैलन नदिन जिल्ला बर्डफ्लू रोग नियन्त्रण समितिको निर्णयअनुसार चितवनमा उत्पादित कुखुराजन्य वस्तुको आयात निषेध गरिएको वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय चितवनसँगै देशका विभिन्न भागमा बर्डफ्लू संक्रमण फैलिएको छ । चितवनमा उत्पादित कुखुरालाई निषेध गरिए पनि अन्यत्रबारे भने कुनै निर्णय गरिएको छैन ।
वरिष्ठ पशु विकास अधिकृत श्रेष्ठका अनुसार, चैत २६ गते दिउँसो १२ बजेदेखि कार्यान्वयनमा आएको यो नियम अबको एक हप्ता लागू हुनेछ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया