तीन लाख ४० हजार पशु चौपायालाई खोप

अत्तरिया । कैलालीमा तीन लाख ४० हजार आठ सय पशु ७३ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका १३ वटै स्थानीय तहका गाई, गोरु, भैँसी, राँगा, बाख्रालगायत पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।
गत मङ्सिरबाट सुरु गरिएको खोप अभियानमा हालसम्म ६४ हजार सात सय ८० गाईगोरु र ४७ हजार नौ सय २० भैँसीराँगालाई खोरेतविरुद्ध खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीका सूचना अधिकारी कविराज कठायतले जानकारी दिए ।
उनका अनुसार एक लाख ८४ हजार भेडा बाख्रालाई पिपीआर, २१ हजार एक सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर र २३ हजार गाईगोरुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।
सोही अभियानका क्रममा धनगढी उपमहानगर, टीकापुर र भजनी नगरपालिकामा १५ हजार पशुलाई रानी खेत खोप पनि लगाइएको उनले जानकारी दिए । चालु आव २०८०/८१ मा दुई लाख ५० हजार खोरेतविरुद्धको खोप, दुई लाख पिपीआर, २४ हजार क्लासिकल स्वाइन फिवर र एक लाख पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिए ।
लम्पी स्किनविरुद्धको खोप भने अभाव रहेको उनले बताए । “खोप लगाउन जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिनुभएको छ, हामी निरन्तर अभियानमा छौँ”, उनले भने, “यही वैशाख मसान्तभित्रै खोप लगाइसक्ने लक्ष्य छ ।” अघिल्ला वर्षहरुभन्दा यस वर्ष खोप अभियानमा किसानको सहभागिता राम्रो रहेको उनको भनाइ छ ।
ताजा अपडेट
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
-
क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै अटोचालक
-
कर्णाली प्रदेशसभा : आज नीति तथा कार्यक्रम प्रस्तुत हुने
प्रतिक्रिया