नेपालले ११ वर्षपछि जित्यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, मरिससलाई १–० ले हरायो

काठमाडौं । नेपालले ११ वर्षपछि अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जित निकालेको छ । सन् २०११ मा पोखरामा भएको भुटानविरुद्धको खेलमा जित निकालेयता नेपालले मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको थिएन ।
५५ औं मिनेटमा विमल घर्ती मगरले गरेको एकमात्र गोल नै नेपाललाई जित दिलाउन निर्णयक बन्यो ।
दुई वर्षपछि राष्ट्रिय टिममा परेका उनले पहिलो खेलमै गोल गरेका हुन् । उनले अन्जन विष्टले दिएको पासमा गोल गरेका हुन् ।
विमल खेलको म्यान अफ दि पनि भएका छन् ।
उनी दुई वर्ष इन्जुरीसँगै विभिन्न कारण राष्ट्रिय टोलीमा परेका थिएनन् ।
नेपाल र मरिससबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । दुवै पक्षका खेलाडीले केही अवसर खेर फालेका थिए ।
फिफा वरीयतामा मरिसस नेपालभन्दा पछाडि छ । नेपाल वरियताको १६९ औं स्थानमा छ भने मरिसस १७२ औं स्थानमा मात्र छ ।
गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बूको कप्तानी मौरिससविरुद्धको अग्रपङ्तिमा बिमल घर्ती मगर, अन्जन विष्ट र सुनिल बल रहेका छन् भने मिडफिल्ड तेज तामाङ, सुमन लामा र सुरज ज्यू ठकुरी सम्हालेका थिए ।
सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ र देवेन्द्र तामाङले नेपाली डिफेन्स थिए ।
नेपालले अफ्रिकी देशसँग पहिलोपटक आधिकारिक खेल खेलेको हो र पहिलोपटक जित पनि हासिल गर्न सफल भयो ।
नेपालले अर्को मैत्रीपूर्ण खेल मंगलबार खेल्नेछ ।
प्रतिक्रिया