रवि लामिछानेलाई महान्यायाधिवक्ताले दिएको ‘क्लिनचिट’ले तरंग
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी मुद्दामा संलग्नताको विषयमा महान्याधिवक्ता कार्यालय पनि विवादमा मुछिएको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई दिएको पत्रमा कुनै पनि सहकारी मुद्दामा उनको संलग्नता देखिएको छैन ।
सोही पत्र लामिछानले संसदमा पेश गरेका छन् । लामिछानेलाई जोगाउन त्यसरी पत्र लेखिएको आरोप लागेको छ । सो विषयमा नेपाली कांग्रेसले समेत विरोध गरेको छ । यसले महान्यायाधिवक्ता डा.दीनबन्धु पोखरेलको आलोचना भएको छ ।
जिबी राई समूहका विभिन्न सहकारीको पैसा ग्यालेक्सी टेलिभिजनमा गैरकानुनी रुपमा लगिएको थियो । लामिछाने समेत सो टेलिभिजनको सञ्चालन थिए । पैसा लैजादा उनको नाम समेत लेखेर ऋणका रुपमा सहकारीबाट प्रवाह भएको देखिन्छ । सोही विषयमा लामिछानेमाथि अनुसन्धानको माग भइरहेको छ । तर, हालसम्मका कागजपत्रमा कुनै पनि ऋणमा लामिछानेको हस्ताक्षर देखिएको भने देखिएको छ । राईले नै आफ्नो नाममा समेत पैसा निकालेर बदमासी गरेको लामिछानले बताउँदै आएका छन् । यो विषयमा संसदीय समितिबाट छानविन हुनुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ ।
यसअघि प्रहरी महानिरीक्षक बसन्त कुँवरले पनि हालसम्मको अनुसन्धानमा लामिछानको संलग्नता नरहेको भनेर राज्य व्यवस्था समितिमा बताएका थिए । हाल महान्यायाधिवक्ता कार्यालयले पनि सोही कुरा बताएपछि कांग्रेस रुष्ट बनेको छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया