कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक र दिउँसो २ बजे संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।
बैठकमा राजनीतिक घटनाक्रम र समसामायिक विषयमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए । पछिल्लो समय सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । संसद्को बजेट अधिवेशन सुरु भएको र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले अब पार्टी कसरी अगाडि बढ्ने भन्नेबारेमा बैठकमा छलफल हुने बताइएको छ ।
कांग्रेसले सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ ।
यसैबीच, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग छलफल गर्ने भएका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया