रवि लामिछानेको सम्पत्ति सार्वजनिक, अधिकांश श्रीमतीको नाममा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्पति सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पति सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको विवरणअनुसार लामिछानेको १ करोड १२ लाख ४८ हजार बराबरको सुन देखाइएको छ । यी मध्ये अधिकांश सम्पत्ति उनको पत्नीबाट आएको देखाइएको छ । पत्नी निकिताको बुवाआमाबाट र खरिद गरेको गरेर लामिछानेको ८० तोला सुन देखाएको छ । त्यस्तै श्रीमती निकिताकै नाममा १५/२० केजी चाँदी रहेको छ ।
लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ ।
लामिछानेको श्रीमतीको नाममा बुढानिलकण्ठमा रहेको ३ करोड ७५ लाख रूपैयाँको घर खरिद भएको छ । उक्त घर खरिद विभिन्न व्यवसाय, तलबाट भएको बताइएको छ ।
पत्नी निकिताको नाममा गोपीकृष्ण कम्प्लेक्समा ८ करोड ७५ लाखको शेयर रहेको छ । जुन शेयर गोपीकृष्ण मुभिजको नाममा रहेको १० रोपनी जग्गाको समेत गरेर २५ प्रतिशत हिस्सा हो । रवि र उनको श्रीमती दुवैजनाको नाममा ४२ लाखको गाडी रहेको छ ।
प्रतिक्रिया